नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन्।
पक्राउ पूर्जी जारी भएपछी प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न आफैं आउँछु भनेका टोपबहादुर फरार भएका थिए। एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी भएको ११औँ दिन आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
रायमाझी अहिलेसम्म भारतमा लुकेका र भारतको नयाँदिल्लीबाट पोखरा हुँदै काठमाडौं फर्किएको भोलिपल्टै रायमाझीलाई बुढानीलकण्ठस्थित नारायण पौडेलको घरबाट पक्राउ गरिएको प्रहरी मुचुल्कामा उल्लेख गरिएको छ । रायमाझीलाई पक्राउ गर्न प्रहरी टोली भारतमै आएको जानकारी पाएपछि रायमाझी शुक्रबार मात्र नेपाल आएको र उनलाई पछ्याउँदै पक्राउ गरिएको प्रहरी दाबी छ ।
रायमाझी विरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गर्दा अर्घाखाँचीमा रहेको भएपनि पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि उनि फरार थिए । रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले २० वैशाखमा नै पक्राउ गरेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्