रवि लामिछानेको नागरिकताको विषयमा प्रहरी अनुसन्धान सुरु

  • नेपाल राष्ट्रिय दैनिक
  • December 2, 2022
rabi lamichhane

१६ मंसिर, काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

लामिछानेको नागरिकताको विषयमा छानबिन र कारबाहीको मागसहित उन्नी विरुद्द परेको उजुरीमा प्रहरीले अनुसन्धान सुरु गरेको हो । अमेरिकी नागरिकता त्याग गरेका लामिछानेले कानुनसम्मत नागरिकता पुर्नप्राप्तिको प्रक्रियामा जानुपर्नेमा पुरानै नागरिकता प्रयोग गरेर निर्वाचन आयोगमा दल दर्ता गरेको र उम्मेदवार हुँदा पुरानै नागरिकता पेश गरेको उजुरीमा उल्लेख गरिएको छ।

लामिछाने आफैले पनि, अमेरिकी नागरिकता त्याग गरेपछि नयाँ नागरिकता प्राप्ति नगरी पुरानै नागरिकताको प्रयोग गरेको स्वीकार गरेको पनि उजुरीमा उल्लेख गरिएको छ।

काठमाडौं प्रहरीले, लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न काठमाडौँ जिल्ला प्रशासनबाट पत्र प्राप्त भएको र पत्रका आधारमा छानबिन सुरु गरिएको जनाएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५