प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिका विषयमा आत्मालोचना गर्ने सहमतिपछि संसदको अवरोध हटाउन एमाले तयार

  • नेपाल राष्ट्रिय दैनिक
  • July 10, 2023
prachanda oli deuba

असार २५ ,काठमाडौँ- संसद सुचारु गर्न समझदारी गरेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले थप सर्तहरु अघि सारेपछि अनिश्चित बनेको संसद बैठक सुचारु गर्न नेकपा एमालेतयार भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तापछि एमालेले संसदको अवरोध खुलाउन तयार भएको हो ।

शिर्ष नेताको छलफलपछि ओलीले तीन नेताबीच भएको छलफलबारे संसदीय दलको बैठकमा जानकारी गराएका र एमाले संसदीय दलको बैठकले संसदमा प्रधानमन्त्रीको स्पष्टीकरण सुन्ने र संसदको अवरोध हटाउने निर्णय गरेको बताइएको छ।

संसदमा सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिका विषयमा आत्मालोचना गर्ने र त्यसपछि प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक वक्तव्यप्रति दुख व्यक्त गर्ने सहमतिपछि एमाले संसदको अवरोध खुलाउन तयार भएको हो।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५