नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का गरेको छ।
इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरको सहमति भएसँगै दुवै बैंकको सेयर कारोबार रोक्का भएको छ । यसघिनै मर्जर प्रयोजनका लागि दुवै बैंकले आफ्नो सेयर कारोबार रोक्का गरी त्यसको जानकारी गराउन नेप्सेलाई पत्राचार गरेका थिए।
मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ । इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच भएको प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि सो बैंक नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नेछ । असोजको अन्तिमसम्म एकीकृत रुपमा कारोबार सुरु गर्ने गरि मर्जरको कामलाई अगाडि बढाइएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्