सेवाग्राहीलाई तत्काल सवारी चालक अनुमतिपत्र उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

  • नेपाल राष्ट्रिय दैनिक
  • January 23, 2024
prachanda

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयदेखि पालो पर्खिरहेका सेवाग्राहीलाई तत्काल सवारी चालक अनुमतिपत्र उपलब्ध गराउन निर्देशन दिएका छन् ।

ड्राइभिङ लाइसेन्स , राष्ट्रिय परिचयपत्र र राहदानी वितरणसम्बन्धी काम गर्ने अधिकारीसँगको संयुक्त बैठकमा प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिने १४ लाख आवेदकलाई तत्कालै सवारी चालक अनुमतिपत्र वितरण गर्न निर्देशन दिएका हुन् ।

ड्राइभिङ लाइसेन्सको परीक्षा उत्तीर्ण गरेर पनि सवारी चालक अनुमतिपत्र पाउन नसक्नु गम्भीर विषय भएको बताउँदै प्रधानमन्त्री दाहालले सवारी चालक अनुमतिपत्र वितरणमा ढुक्क हुन यातायात व्यवस्था विभागलाई सचेत गराए । ‘अहिलेको समयमा सूचना प्रविधि महत्वपूर्ण छ, एकीकृत प्रविधिमा आधारित नतिजा दिनुपर्छ, त्यसका लागि राज्यका संयन्त्रबीच समन्वय आवश्यक छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

सो अवसरमा प्रधानमन्त्रीले सरकारी कार्यालयमा लामो लाइनको अन्त्य गर्ने आफ्नो प्रतिबद्धताको स्मरण गराउदै, कार्यालयको दक्षता अभिवृद्धि गर्दै गुणस्तरीय सेवा प्रवाहमा गम्भीर ध्यान दिन पनि पदाधिकारीहरुलाई आग्रह गरेका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५