६१ प्रतिशत मत खसेको निर्वाचन आयोगको प्रारम्भिक प्रक्षेपण

  • नेपाल राष्ट्रिय दैनिक
  • November 20, 2022
voting

निर्वाचन आयोगले छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको जनाएको छ। आयोगको प्रारम्भिक रिपोर्टअनुसार देशभर करिब ६१ प्रतिशत मत खसेको बताइएको छ। यद्यपि मतदानको पूर्ण तथ्यांक आइनसकेकोले यसमा केहि थपघट हुनसक्ने आयोगले जनाएको छ। साथै आयोगले, मतदानको प्रतिशत अपेक्षा गरेभन्दा निकै कम भएको बताएको छ।

निर्वाचनमा उत्साहजनक सहभागिता नहुनुमा प्रमुख राजनीतिक दलहरू नै मुख्य कारण भएको र दलहरूले गठबन्धन गरेका कारण मतदाताहरूले भोट नहालेको हुनसक्ने प्रारम्भिक अध्ययनले देखाएको बताइएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५