२४ घण्टामा एक हजार ५१ जना डेंगुबाट संक्रमित: मृत्यु हुनेको संख्या ३२ पुग्यो

  • नेपाल राष्ट्रिय दैनिक
  • September 26, 2022
dengue mosquito

पछिल्लो २४ घण्टामा एक हजार ५१ जनामा डेङ्गुको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबारसम्म २५ हजार ५४३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ भने, सङ्क्रमणका कारण ३२ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेशमा सबैभन्दा बढी १९ हजार ९१० जनामा डेङ्गुको संक्रमण देखिएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा २ हजार ८ सय ८७, सुदूरपश्चिममा ८०४, गण्डकी प्रदेशमा ५५६, मधेशमा ३८०, कर्णाली प्रदेशमा २ सय ३१ र प्रदेश १ मा ७ सय ७५ जनामा डेङ्गुको संक्रमण देखिएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५