भदौ २८ गतेसम्म सांसदहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • July 16, 2023
FederalParliamentSept12 20190913172012 1

संघीय संसद सचिवालयले सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ। संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सूचना प्रकाशित गरी सांसदहरूलाई भदौं २८ गतेसम्म आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो।

सम्पत्ति विवरण बुझाउँदा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अध्यावधिक सम्पत्ति विवरण पेश गर्नुपर्नेछ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा (१)बमोजिम संघीय सांसदले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५