असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • September 12, 2022
nirwachan aayog

मंसिर ४ मा हुने आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगले दुई दिनको समय निर्धारण गरेको छ।

आयोगले जारी गरेको प्रेस विज्ञप्ति अनुसार असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्ने जनाएको छ । साथै, आयोगले उल्लेखित ऐन नियम तथा नियमावली र निर्देशिकामा उल्लेख भएको प्रक्रिया पुरा गरि , समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्रतिनिधित्व रहने गरि उम्मेदवारहरुको बन्दसूची पेस गर्न आग्रह गरेको छ।

निर्वाचन आयोगले असोज ४ देखि ९ गतेसम्म पेस गरिएको बन्दसूची उपर छानबिन गरी आवश्यक ठहरिएमा बन्दसूची सच्याउन दलहरूलाई जानकारी गराउनेछ ।त्यसैगरी,बन्दसूचीमा सच्याउन उल्लेख भएको विषयमा सिमित रही। १० देखि १६ गतेसम्म बन्दसूची संशोधन गर्न सकिने पनि आयोगले जनाएको छ।

nirwachan aayog banda suchi ummedwar
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५