सुदूरपश्चिममा संसदीय दलको नेता परिवर्तन गर्ने निर्णय तत्काल सच्याउन माओवादीको निर्देशन

  • नेपाल राष्ट्रिय दैनिक
  • १४ माघ २०८०, आईतवार ०७:५९
man bahadur dhami sudurpaschim maoist

धनगढी- नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमले प्रदेश संसदीय दलको नेता परिवर्तनको निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ ।

प्रदेश सभापति हरिराम चौधरी (उत्सव)को अध्यक्षतामा बसेको औपचारिक बैठकले निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।

माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका बहुमत सांसदको बैठकले भट्टलाई हटाएर मानबहादुर धामीलाई नेतामा नियुक्त गर्ने निर्णय गरेको हो ।

संसदीय दलका नेता खगराज भट्टलाई जानकारी नदिई उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले पार्टीको नेता परिवर्तन र सरकार परिवर्तनको विषयमा ध्यानाकर्षण गराएको माओवादी केन्द्रले जनाएको छ ।

बैठकले संसदीय दलभित्रको समस्यालाई गम्भीरतापूर्वक लिएर केन्द्रीय कार्यालयको उपस्थितिमा विवाद समाधान गर्न पहल गर्न पनि आग्रह गरिएको छ ।संसदीय दल र प्रदेश सरकारको कार्यसम्पादन सन्तोषजनक नभएको कारण देखाउँदै उनीहरुले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।

यसैबीच, बहुमतका सांसदको भावनाअनुसार अघि बढ्न नसके संसदीय व्यवस्थाअनुसार निर्णय गर्ने चेतावनी दिएपछि माओवादी सुदूरपश्चिममा विवाद उत्पन्न भएको छ ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५