विश्वकप फुटबल २०२२

  • नेपाल राष्ट्रिय दैनिक
  • November 20, 2022
fifa worldcup 2022

विश्वकप फुटबल आइतबार देखि कतारमा सुरु हुँदैछ।

यसपटकको विश्वकपमा साविक विजेता फ्रान्ससहित ३२ राष्ट्रको सहभागिता रहनेछ भने खेलमा सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ।

विश्वकप फुटबल २०२२ को औपचारिक उद्घाटन समारोह कतारको अल बायत रंगशालामा आयोजना हुँदैछ। ६० हजार क्षमताको रंगशालामा विभिन्न देशका कलाकारहरूले आफ्नो प्रस्तुति दिने छन्।

फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ। उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरले प्रतिस्पर्धा गर्दै छन्। कतार आयोजकका नाताले पहिलो पटक विश्वकप फुटबल खेल्दैछ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५