नेविसंघको त्रिविका सबै समिति विघटन

  • नेपाल राष्ट्रिय दैनिक
  • September 12, 2022
TU Tribhuvan University

नेपाल विद्यार्थी संघ (नेविसंघ)को कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका सबै समितिहरू विघटन गरिएको छ।

निरन्तरको तालाबन्दी र आन्दोलनको काराण विवादास्पद बन्दै गएपछि,त्रिभुवन विश्वविद्यालयमा सक्रिय रहेका सबै समिति विघटन गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिनुभएको छ ।

सबै समिति विघटन गरीएसँगै, क्याम्पस अधिवेशनको प्रक्रिया अघि बढाइने पनि शेर्पाले बताउनुभएको छ । नेपाल विद्यार्थी संघलाई वैधानिक ढंगले मूर्तरूप दिन यथाशीघ्र केन्द्रीय प्रतिनिधि खटाई क्याम्पस अधिवेशन गर्ने, विज्ञप्तिमा उल्लेख गरिएको छ।सबै साथीहरुलाई अधिवेशन प्रक्रियामा लाग्न आग्रह गर्दै,समितिको रिक्तताको समयमा कुनै पनि सांगठानिक क्रियाकलाप र नियम विपरितका कार्य नगर्न पनि शेर्पाले आग्रह गर्नुभएको छ।

nebisangh
4
Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५