त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्य सम्झौतामा हस्ताक्षर

  • नेपाल राष्ट्रिय दैनिक
  • January 26, 2024
TU Tribhuvan University

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (टियू) र युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एन्ड टेक्नोलोजी अफ चाइना युईएसटिसी ) बीच पांच वर्षे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा त्रिविका कार्यवाहक उपकुलपति डा शिवालाल भुसाल र युइएफएका उपकुलपति जेङ योङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख प्रा चिरञ्जीवी खनाल र युइएफएका प्राध्यापक हाङहोङले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

त्रिविका कार्यवाहक उपकुलपति भुसालले आगामी दिनमा दुई विश्वविद्यालयबीच घनिष्ट सहकार्य हुने विश्वास व्यक्त गरे ।यूईएसटीसीका प्रतिनिधि प्रा ह्याङ होङले अध्ययन र अनुसन्धानको क्षेत्रमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

सम्झौताको पहल गरेका प्रा खनालले दुई विश्वविद्यालयबीच दीर्घकालीन सहयोगका लागि समझदारी भएको र आपसी समानताका सिद्धान्तमा आधारित पारस्परिक हित र शैक्षिक सहयोगलाई सक्षम बनाउन यो सम्झौता उपयोगी हुने बताए ।सम्झौता अनुसार विद्वान, अनुसन्धानकर्ता र शिक्षक कर्मचारी र विद्यार्थी आदानप्रदान हुनेछन् भने
कार्यशाला र सेमिनार संयुक्त रूपमा आयोजना गरिनेछ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५