नेपाल र चीनबीच केरुङ–काठमाडौं रेलमार्ग विस्तारलगायत नौवटा सम्झौतामा हस्ताक्षर भएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच नौ बुँदे सहमति भएको छ । नेपालका परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री यीको उपस्थितिमा आज परराष्ट्र मन्त्रालय सिंहदरबारमा नेपाल र चीनबीच नौ बुँदे सहमति भएको हो ।
सम्झौता हुनुअघि परराष्ट्रमन्त्रीस्तर र प्रतिनिधिमण्डल तहमा पनि छलफल भएको थियो ।सम्झौतामा आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, नेपालमा चिनियाँ स्वास्थ्यकर्मीको टोलीले सेवा उपलब्ध गराउने, भ्याक्सिन हस्तान्तरण र अरनीको राजमार्गको मर्मतसम्भार र स्तरोन्नति र घाँस निकासीलगायतका विषय समेटिएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछन् । शुक्रबार नेपाल आएका परराष्ट्रमन्त्री आइतबार स्वदेश फर्कने छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्