भन्सार छलेर ल्याइएको करिब १ करोड मूल्य बराबरको चिनी र चामल बरामद

  • नेपाल राष्ट्रिय दैनिक
  • September 8, 2022
bhirahawa bhanshar custom office

भन्सार छलेर ल्याइएको करिब १ करोड मूल्य बराबरको चिनी र चामल सशस्त्र प्रहरीले बरामद गरेको छ ।

रुपन्देहीको २ विभिन्न स्थानबाट ६ सय ३८ बोरा चिनी र सय बोरा चामलसहित २ वटा ट्रक बरामद गरेको सशस्त्र प्रहरी बल रुपन्देहीले जनाएको छ । चेक जांचको क्रममा, लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ मसिना हुलाकी मार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ४१२९ नम्वरको ट्रकमा भारतबाट भन्सार छली अवैध रुपमा ल्याएको चिनी बरामद गरिएको हो ।

त्यसैगरी,ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुरस्थित हुलाकी मार्गबाट भैरहवातर्फ जाँदै गरेको ना ३ ख ६३२७ नम्वरको ट्रकबाट पनि चिनी बरामद भएको प्रहरीले जनाएको छ।

बरामद सामग्रीसँगै ट्रकका चालकलाई पक्राउ गरेर कारबाहीका लागि राजश्व कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५