अछाममा २ किशोरी मृत फेला परेको घटनामा २ जना पक्राउ

  • नेपाल राष्ट्रिय दैनिक
  • January 27, 2025
police arrested

धनगढी – अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनामा मृतकसंगै गोठालो गएका दुई जनालाईअनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । २० वर्षमुनिका उनीहरूको परिचय भने खुलाइएको छैन् ।

शनिबार घरबाट बाख्रा चराउन गएका दुवै किशोरी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा दुवै जना मृत अवस्थामा फेला परेका थिए ।

टाउको र शरीरमा गम्भीर चोट लागेको अवस्थामा भेटिएका उनीहरूको शव परीक्षणका लागि भेरी प्रादेशिक अस्पताल लगिएको प्रहरीले छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५