नागरिकता विधेयक विरुद्ध एमालेले विरोध प्रदर्शन गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • July 24, 2022
cpn uml pokhrel

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नागरिकता विधेयक विरुद्द विरोध प्रदर्शन गर्ने जनाएको छ।
सुर्खेतको वीरेन्द्रनगरमा प्रेस चौतारी कर्णालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै, नेकपा एमालेका महासचिव शंकर पोखरेलले यहि श्रावण १६ गते एमालेले नागरिकता विधेयक विरुद्द विरोध प्रदर्शन गर्ने बताउनुभएको हो।

सत्ता र गठबन्धन टिकाउनका लागि नागरिकता विधेयक संसदबाट पारित गरिएको र यो सरकारको नलायकीपन हो भन्दै महासचिव पोखरेलले सरकारको आलोचना समेत गर्नुभएको छ।
प्रचण्डको भारत भ्रमण लगत्तै नागरिकता विधेयक पारित गरिनु शंकास्पद भएको पनि पोखरेलले टिप्पणी गर्नुभएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५