नक्कली लाइसेन्स बनाएको आरोपमा यातायातका तत्कालिन कार्यालय प्रमुख सहित १७ जनाविरुद्ध मुद्दा

  • नेपाल राष्ट्रिय दैनिक
  • June 21, 2022
nepali driving license

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली सवारी चालक अनुमति पत्र बनाएको आरोपमा यातायात व्यवस्था कार्यालयका तत्कालिन कार्यालय प्रमुख सम्बर बहादुर कार्की र राजुभाइ कुस्मा सहित १७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुना र ललितपुरका १२ जना कर्मचारी र ५ जना विचौलियालाई विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। नवीकरण नगरिएका र स्वत: रद्ध भएका सवारी चालक अनुमति पत्रमा किर्ते गरि गैरकानुनी ढंगले ५३३ जना नयाँ व्यक्तिको नाममा लाइसेन्स बनाएर वितरण गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम अदालतमा मुद्दा दायर गरेको हो।

तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्मा, मेकानिकल इन्जिनियर विजयराज गिरी, सहायक स्तर (पाचौँ) कमल स्याङतान, सिनियर मेकानिक्स अच्युतप्रसाद फुयाल, कम्प्युटर अपरेटर (करार सेवा) प्रकाश कार्की, कम्प्युटर अपरेटर (करार सेवा) रेजु भट्टराई, कम्प्युटर अपरेटर (करार सेवा) रोसन राजभण्डारी, कम्प्युटर अपरेटर (करार सेवा) श्यामसुन्दर चौधरी, कम्प्युटर अपरेटर (करार सेवा) लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर (करार सेवा) माया सेठी, कम्प्युटर अपरेटर (करार सेवा) रिचा श्रेष्ठ को विरुद्धमा आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५