देश लुट्न र बिचौलियालाई फाइदा पुर्याउन अध्यादेश ल्याइयो : माधव नेपाल

  • नेपाल राष्ट्रिय दैनिक
  • February 9, 2025
ekikrit samjbadi madhav nepal

पोखरा- पोखरामा आयोजीत एकीकृत समाजवादी पार्टीको गण्डकी प्रदेश अधिवेशन उद्घाटनमा बोल्दै अध्यक्ष माधवकुमार नेपालले देश लुट्न, बिचौलियालाई फाइदा पुर्याउन र भ्रष्टचारीलाई प्रोत्साहान गर्न सरकारले अध्यादेश ल्याएको आरोप लगाएका छन् ।

जनताको लागि अध्यादेश ल्याएको भए संसद अधिवेशन बोलाएर ल्याउनु पर्नेमा किन रातारात ल्यायो र के आवश्यकताले ल्यायो भन्ने प्रश्न गर्दै संसद छलेर ल्याएको ६ अध्यादेशमार्फत ३० वटा कानुन संसोधन गर्न खोजेर सरकारले देश लुट्न खोजेको उनले आरोप लगाएका छन् ।

उनले उपस्थित नेता कार्यकत्तालाई निराश नभई चुनौतिको सामना गरेर अघि बढ्न आग्रह गर्दै बजारमा चलेको हल्ला जस्तो एमाले वा माओवादी पार्टीसँग एकता नहुने प्रष्ट पारे । तर विचार मिल्ने पार्टीसँग सहकार्य भने हुनसक्ने उनले बताए ।

अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट चार सय प्रतिनिधि र आयोजक गरेर ५५० जनाको सहभागिता रहेको पार्टीका गण्डकी प्रदेश अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए । अधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, सचिव र तीन सहसचिवसहित भूगोल र विभिन्न क्षेत्रको सहभागिता रहेको १४३ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ । समितिको कार्यकाल चार वर्षको रहने बरालले जानकारी दिए ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५