नाटोले कोसोभोमा आफ्नो उपस्थिति बढायो

  • नेपाल राष्ट्रिय दैनिक
  • August 21, 2022
kosovo kfor

सर्बिया र कोसोभो नेताहरू बीचको वार्ता असफल भएपछि अमेरिकी सेनाहरू उत्तरी कोसोभोमा पठाइएको बताइएको छ।

नेटोको नेतृत्वमा रहेको कोसोभो फोर्स (केएफओआर ) ले बेलग्रेड र प्रिस्टिनाबीच जारी तनावको बीचमा प्रान्तको उत्तरी भागमा आफ्नो गस्ती बढाएको छ। सर्बिया र कोसोभो बीचको सिमानामा दुईवटा चेकपोस्टहरूमा सेनाहरू उल्लेखनीय संख्यामा तैनाथ गरिएको छ भने आवश्यक भएमा केएफओआरले “हस्तक्षेप” गर्ने जनाएको छ।

बिहीबार सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुकिक र कोसोभोका प्रधानमन्त्री अल्बिन कुर्तीबीचको वार्ता असफल भएपछी यो कदम चालिएको हो।

नेटो नेतृत्वको सैन्य बलले सबैलाई आश्वस्त पार्दै आवश्यक भएमा केएफओआरले हस्तक्षेप गर्न तयार रहेको बताएको छ । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले कोसोभोको “स्थिरता” खतरामा परेको खण्डमा सैन्य समूहले कारबाही गर्ने वाचा गरेको तीन दिनपछि यो घटना भएको हो।

यता मस्कोले भने, पश्चिमले बेलग्रेड र प्रिस्टिना बीचको द्वन्द्वलाई उकास्न र सर्बियालाई रुस विरोधी प्रतिबन्धहरू अपनाउन दबाब दिएको आरोप लगाएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५