सत्ता गठबन्धनको समर्थनमा घनश्याम भूसालको उम्मेद्वारी

  • नेपाल राष्ट्रिय दैनिक
  • २३ आश्विन २०७९, आईतवार १७:४५
ghanshyam bhusal

उम्मेद्वारी मनोनयनको १ दिन अघि,अन्तिम समयमा आएर पार्टीले टिकट नदिएपछि पार्टी नै परित्याग गरेका नेकपा एमालेका स्थायी कमिटि सदस्य घनश्याम भूसालले स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनुभएको छ।

नेता घनश्याम भुसालले सत्ता गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उमेदवारका रूपमा मनोनयनपत्र दर्ता गराउनुभएको हो। गठबन्धनमा माओवादी केन्द्रको भागमा परेको सो क्षेत्रमा माओवादीले नेता भूसाललाई समर्थन गरेको हो।

आइतबार पत्रकार सम्मेलन गरेर उम्मेद्वारी दर्ता गराउनुभएका भूसालले आफुप्रति सदाशयता देखाइ दिएकोमा माओवादी पार्टीलाई धन्यबाद समेत दिनुभएको छ।

https://nepalrastriyadainik.com/%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%af%e0%a5%80-%e0%a4%95%e0%a4%ae%e0%a4%bf%e0%a4%9f%e0%a5%80-%e0%a4%b8%e0%a4%a6%e0%a4%b8%e0%a5%8d%e0%a4%af/
Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५