कोरोना बिमा भुक्तानीका लागि एक अर्ब रुपैयाँ निकासा

  • नेपाल राष्ट्रिय दैनिक
  • September 26, 2022
Artha

अर्थ मन्त्रालयले कोरोना बिमा दाबी भुक्तानीका लागि आइतबार एक अर्ब रुपैयाँ निकासा गरेको छ।

मन्त्रिपरिषदको निर्णयपछि अर्थ मन्त्रालयले कोरोना दाबी भुक्तानीका लागि आइतबार एक अर्ब रुपैयाँरकम निकासा गरेको हो।करिब एक वर्ष भन्दा बढी अवधिदेखि बिमा दाबि गरेका बिमितहरूमध्ये पनि,कोरोना लागेपछि पर्न आएको दाबी समयावधिलाई प्राथमिकतामा राखेर रकम भुक्तानी गर्ने बिमा समितिले जनाएको छ । जस अन्तर्गत दशैं पछि करिब १५ हजार जनाले भुक्तानी पाउनेछन्।

अघिल्लो असार मसान्तसम्म १ लाख ६१ हजार ५ सय ४९ जनाको,१५ अर्ब ३२ करोड २० लाख ९२ हजार रुपैयाँ हाराहारीमा दाबी परेकोमा,सरकारको दायित्वमा ११ अर्ब ८२ करोड २० लाख ९२ हजार ६ सय ३६ रुपैयाँ हाराहारीको दाबी रकम रहेको बिमा समितिले जनाएको छ । समितिका अनुसार बिमा जारी अवधिभर कोरोना बिमा गर्नेको संख्या १७ लाख ५८ हजार ३ सय ४३ जना रहेको र उक्त बिमालेखबापत कम्पनीले १ अर्ब ५ करोड ५ लाख २७ हजार ६ सय ७६ रुपैयाँ बिमाशुल्क संकलन गरेको थियो।

धेरै जनाले कोरोना बिमा गरेकाले बिमा कम्पनीलाई घाटा लाग्ने देखिएपछि सरकारले नै कोरोना बीमालाई निरन्तरता दिन दायित्व बाँटफाँट गर्ने गरि कार्यविधि तयार गरेको थियो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५