प्रतिनिधिसभा शुक्रबारसम्म स्थगित:राष्ट्रिय सभामा पनि एमालेको अवरोध

  • नेपाल राष्ट्रिय दैनिक
  • August 9, 2023
sansad awarodh

श्रावण २४,काठमाडौँ- प्रमुख प्रतिपक्ष नेकपा एमालेले सुन तस्करी प्रकरणको विषयलाई लिएर आजपनि प्रतिनिधिसभामा नाराबाजी गरेको छ। बैठक सुरु हुने वित्तिकै एमालेका सांसदहरूले विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मको लागि स्थगित भएको छ।

सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चित्तबुझ्दो जवाफ नदिएकाले र उच्चस्तरीय छानविन समिति गठन गर्नेतर्फ सत्ता पक्षले कुनै चासो नदिएकाले संसदमा विरोध गर्नुपरेको एमाले सांसदहरुले बताएका छन्। “तस्करीलाई संरक्षण गर्ने हिसाबले गृहमन्त्रीबाट जवाफ आएकाले हाम्रो विरोध जारी छ” उनीहरुले बताए।

एमाले सांसदहरुले, सुन तस्करी प्रकरणमा छानबिन समिति गठन गर,तस्करलाई कारवाही गर भन्दै नाराबाजी समेत गरेका थिए । एमाले सांसदहरूले अवरोध जारी राखेपछि २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो।

यता राष्ट्रिय सभामा पनि एमालेको अवरोधका कारण बुधबारका लागि तय गरिएको कुनै पनि कार्यसूची अगाडि बढ्न सकेन ।एमाले सांसदहरुले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उच्चस्तरीय छानबिन गर्न सरकार तयार नभएसम्म संसद चल्न नदिने बताएका छन्।

एमालेको अवारोधपछि राष्ट्रिय सभाको बैठक पनि श्रावण २६ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५