सरकारले अमेरिकी सैन्य रणनीति अन्तर्गतको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपाल सहभागी नहुने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद बैठकले नेपाल एसपीपीमा सहभागी नहुने भनेर अमेरिकी सरकारलाई पत्र लेख्ने निर्णय गरेको छ ।सत्तारुढ दल र प्रतिपक्षी दलका सांसदहरुले नै विरोध गरेपछि, यसघि गृहमन्त्री, परराष्ट्रमन्त्री र सेना प्रमुखले नै नेपाल अमेरिकी सैन्य रणनीति अन्तर्गतको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी हुनेछैन भनेर स्पष्टीकरण दिएका थिए ।
प्रधानसेनापति र प्रधानमन्त्रीको अमेरिका भ्रमणको चर्चा चलिरहेका बेला अमेरिकी सैन्य रणनीति अन्तर्गत स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को १० बुंदे सम्झौता सार्वजनिक भएपछी, सो सम्झौता नेपालको असंलग्न परराष्ट्र नीति विपरित भएको भन्दै सरकारको चर्को आलोचना समेत भएको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्