संसदको बजेट बढाउन माग गर्दै संघीय संसदका पदाधिकारीहरु

  • नेपाल राष्ट्रिय दैनिक
  • January 24, 2024
parliament nepal

;+3Lo ;+;b ejg sf7df8f}F gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ef]ln z'qmaf/ /fi6«klt ljBfb]jL e08f/Ln] oxL ejgaf6 ;/sf/sf] cfj @)&^/)&& sf] gLlt tyf sfo{qmd k|:t't ug]{ to ePsf] 5 . t:jL/ M /Tg >]i7, /f;;

काठमाडौं – संघीय संसदका पदाधिकारीहरुले संसदको बजेट अपर्याप्त रहेको निष्कर्षसहित सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुले संसदको बजेट बढाउन माग गर्ने भएका छन्।

संसदको बजेट बढाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतलाई भेट्ने तयारी भैरहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बताएका छन्।

संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार गत आर्थिक वर्षमा एक अर्ब ८२ करोड बजेट माग गरेकोमा सरकारले एक अर्ब २२ करोड मात्र दिएको र आगामी आर्थिक वर्षका लागि एक अर्ब ८७ करोड बजेट आवश्यक पर्ने संसद सचिवालयले आंकलन गरेको छ ।

मंगलबार सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकले संसदको बजेट बढाउन प्रधानमन्त्री र अर्थमन्त्रीलाई संयुक्त रुपमा भेटेर आग्रह गर्ने सहमति भएको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५