सरकारमा सामेल हुन जनमत पार्टीको तिन शर्त

  • नेपाल राष्ट्रिय दैनिक
  • December 2, 2022
ck raut and deuba

गठबन्धन गरेर चुनावमा होमिएको सत्ता गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि अहिले गठबन्धन दलका शिर्ष नेताहरु सरकार निर्माणका लागि बहुमत जुटाउने गृहकार्यमा लागेका छन्।

यसैबीच जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र प्रधानमन्त्री देउवाबीच भएको भेटलाई लिएर जनमत पार्टीले सरकारमा जानेबारे सहमति गरेको चर्चा बढेको छ।

तर, जनमत पार्टीले भने सरकारमा जानेबारेमा कांग्रेससँग कुनै खालको सहमति नभएको बताएको छ। यधपी प्रधानमन्त्री देउवा र रावतको भेटवार्तामा संघ तथा मधेश प्रदेश सरकार गठनका विषयमा छलफल भएको र जनमत पार्टीका अध्यक्ष राउतले किसान आन्दोलनका माग, नागरिकता विधेयक र रोजगारी सिर्जना लगायतका तिन विषयमा सहमति भएमा आफुहरु सरकारमा जान सक्ने बताएका छन्।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५