प्रशारण लाइनको तारमा चढेका विकलाई हेलिकप्टरबाट उद्धार गर्न मन्त्रीको आग्रह

  • नेपाल राष्ट्रिय दैनिक
  • June 11, 2022
electricity wire

शनिबार दिउँसो ककनी गाउँपालिका– ७ अन्तर्गत पर्ने त्रिशुली मातातीर्थ प्रशारण लाइनको तारमा चढेका नुवाकोट बेलकोटगढी नगरपालिका–१२ का माइला विकलाई उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनालाई आग्रह गर्नुभएको छ।

माइला विक प्रशारण लाइनमा चढेपछि प्राधिकरणले त्रिशुली थ्री ए र नजिकका अरु विधुत गृहबाट उत्पादन बन्द गर्दै सो प्रशारण लाइनमा विधुत प्रवाह रोकेको थियो ।

प्रहरी र स्थानीय वासिन्दाले प्रयास गर्दा पनि उनी तल ओर्लन नमानेपछि हेलिकप्टरबाट भएपनि ती व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई निर्देशन दिइएको हो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५