त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० हजार अमेरिकी डलरसहित दुई जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।
विमान बंगलादेश ३७२ उडानबाट बंगलादेशको राजधानी ढाका जान लागेका मोफिजुल इस्लाम र देवसिस कुमार साहलाई विमानस्थल प्रहरीले सुरक्षा जाँचका क्रममा पक्राउ गरेको हो ।
विमानस्थल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लालमणि आचार्यले अमेरिकी डलरसहित बंगलादेशी नागरिक पक्राउ परेको र प्रारम्भिक बयानका क्रममा उनीहरूले उक्त रकमको स्रोतको बारेमा केही बताउन नसकेकोले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको बताएका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्