आर्थिक संकट तत्काल समाधान हुँदैन : अर्थमन्त्री

  • नेपाल राष्ट्रिय दैनिक
  • October 15, 2023
prakashsharan

काठमाडौं : अर्थमन्त्री डा प्रकाशरण महतले अर्थतन्त्रमा देखिएका समस्या पूर्ण रुपमा समाधान हुन अझै केही समय लाग्ने बताएका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को मोरक्कोमा भएको संयुक्त वार्षिक बैठकमा सहभागी भई आइतबार स्वदेश फर्किएका महतले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मुलुकको अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको तर अर्थतन्त्रमा केही दीर्घकालीन समस्याहरू रहेकाले र सो समाधान हुन केही समय लाग्ने बताएका छन्।

अर्थमन्त्री महतले मोरक्कोको वार्षिक बैठकका क्रममा सहभागीहरुले सामूहिक र द्विपक्षीय हितका विषयमा छलफल गर्नुका साथै अन्तर्राष्ट्रिय समुदायसँग पनि सञ्जाल बनाउने अवसर पाएको बताएका छन् ।उनले आर्थिक सुशासन, पारदर्शिता र नेपाली परिवेश र परिवेशअनुसार सुधार गर्नुपर्ने विषयमा पनि छलफल भएको बताए ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५