बयान दिन सिंहदरबारमा जबरा

  • नेपाल राष्ट्रिय दैनिक
  • August 31, 2022
cholendra jabara 1

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा महाभियोगबारे आफ्नो बयान दिनका लागि सिंहदरबार पुगेका छन् ।

महाभियोग सिफारिस समितिको अघिल्लो बैठकले जबरालाई आज बयानको लागि बोलाएको हो।महाभियोग सिफारिस समितिका सभापति,समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले समितिले महाभियोगको विषयमा आफ्ना धारणा राख्नका लागि बोलाउने निर्णय भएको जानकारी दिनुभएको छ।

समितिले सार्वजनिक अपिल गर्दै जबरा विरुद्द प्रमाण उपलब्ध गराउन माग गरेपछि, यसअघि नेपाल बार एशोसियसन र कानुन व्यवसायीहरूले जबरा विरुद्द दस्ताबेज तथा प्रमाणहरु समेत समितिलाई बुझाएका छन्।

पदीय जिम्मेवारीविपरीत कार्यहरू गरी संविधान र कानुनको उल्लंघन गरेको, कार्यक्षमता नभएको, खराब आचरण र कर्तव्य पालना नगरेको भन्दै सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध फागुन १ गते महाभियोग दर्ता गराएका थिए।

https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%bf%e0%a4%b2%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%a4-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%a7-4/
Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५