प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारी दर्ता आज

  • नेपाल राष्ट्रिय दैनिक
  • October 9, 2022
nirwachan aayog

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभातर्फका उम्मेदवारहरुले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।

आयोगले,सम्बन्धित निर्वाचन कार्यालयमा उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधिले मनोनयनपत्र दर्ता गर्न सकिने जनाएको छ। निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची भने आयोगले आइतबार बिहान प्रकाशन गरेको छ। निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड, ७९ लाख ८८ हजार ५७० मतदाता सङ्ख्या रहेका छन्। निर्वाचनका लागि देशभर १० हजार ८९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ।

https://nepalrastriyadainik.com/%e0%a4%89%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a5%87%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%be/
Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५