देश भूराजनीतिक चक्रव्यूहमा फस्ने खतरा:राजेन्द्र लिङ्देन

  • नेपाल राष्ट्रिय दैनिक
  • ११ माघ २०८१, शुक्रबार १६:३०
rajendra lingden

काठमाडौं – शुक्रबारबाट काठमाडौंको धुम्बाराहीमा सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र भावी कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन पेश गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक भूराजनीतिक चक्रव्यूहमा फस्ने खतरा भएको उल्लेख गरेका छन् ।

वैदेशिक सम्बन्ध विस्तार र सञ्चालनमा सरकारको शैलीले देश भूराजनीतिक चक्रव्यूहमा फस्नसक्ने खतरा रहेको भन्दै संसदको पहिलो र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने परिकल्पना संसदीय व्यवस्थामा नहुने तर नेपालमा अनौठो अध्यास भइरहेको बताएका छन्।

प्रतिवेदनमा कांग्रेस–एमाले मिलेर बहुदलीय व्यवस्था मास्न र दुईदलीय व्यवस्था कायम गर्ने षडयन्त्रमा लागेको आरोप लगाउँदै अधिवेशन छलेर अध्यादेशबाट शासन चलाउने सरकारको रवैयाको कटाक्ष गरेका छन् ।

Share :
Bishnu Pradas Paudel

प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ: उपप्रधान एवं अर्थमन्त्री

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले, पुष्पकमल दाहाल प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्। सरकारलाई विचौलिया र भूमाफिया भनेको भन्दै, सायद प्रचण्ड आफुले शासन गर्दा जे- जसो गर्नुभयो जसको प्राभावमा शासन गर्नुभयो त्यसैलाई सम्झिएर र आधारित भएर बोल्नुभएको हो कि भन्ने लागेको पनि पौडेलले बताएका छन्। आरोप लगाउनेले[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५