पूर्व फ्रान्सेली उपनिवेश राज्यहरु माली,बुर्किनाफासो र नाइजरले नयाँ सैन्य गठबन्धनको सुरुवात गरेका छन्।
तीन अफ्रिकी राज्यहरूका सैन्य सरकारहरू, जसले हालैका वर्षहरूमा आफ्ना पश्चिमी-समर्थित नेताहरूलाई पदच्युत गरे, तिनीहरूको सार्वभौमसत्तामा कुनै बाह्य आक्रमण वा आन्तरिक खतराको अवस्थामा व्यक्तिगत वा सामूहिक रूपमा एकअर्कालाई सहयोग गर्न सहमत भएका छन्।
मालीका अन्तरिम राष्ट्रपति, असिमी गोइटाले बुर्किना फासो र नाइजरका नेताहरूसँग सामूहिक रक्षा र पारस्परिक सहायताको ढाँचा स्थापना गर्ने उद्देश्यका साथ ति अफ्रिकी राष्ट्रहरु र तिनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा कुनै पनि आक्रमणलाई अन्य अफ्रिकी राष्ट्रहरु विरुद्धको आक्रमण मानिने र संयुक्त रुपमा त्यसको कडा प्रतिकार गर्नेगरि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
मालीका रक्षामन्त्री अब्दुलाये डिओपले पनि यो नयाँ गठबन्धन तीन देशबीचको सैन्य र आर्थिक प्रयासको संयोजन हुने बताएका छन्।
अफ्रिकी आर्थिक समुदाय ईकोवासले नाइजरका अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमलाई पुनर्स्थापित गर्न नाइजरमा सैन्य कारवाही गर्ने धम्की दिएपछि माली र बुर्किना फासोले यसअघि पनि नाइजरमा हुने कुनै पनि आक्रमण उनीहरूको विरुद्ध “युद्धको घोषणा” हुनेछ भनेर चेतावनी समेत दिएको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्