मिटरब्याज पीडितमाथि प्रहरीको लाठी

  • नेपाल राष्ट्रिय दैनिक
  • September 12, 2022
mitarbyaj

मिटरब्याजीविरुद्ध प्रदर्शनमा उत्रिएका पीडितहरुलाईलाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको छ।

तराईका विभिन्न स्थानबाट न्याय माग्दै काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरिरहेका पिडितहरुमाथि प्रहरीले लाठी प्रयोग गरेको छ। सोमबार कीर्तिपुर गेटनजिकै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका पिडितहरुविरुद्ध प्रहरीले लाठी चार्ज गरेको हो। आन्दोलनकारीहरु कीर्तिपुर बजारबाट नाराजुलुश गर्दै पैदल माइतीघर मण्डलातर्फ आउँदै थिए ।

mitarbyaj 1

प्रहरीको कुटाईबाट केहि प्रदर्शनकारीहरु प्रदर्शनकारी घाइते भएका छन् । ४१ दिनदेखि आन्दोलनरत मिटरब्याज पिडितहरुले प्रहरी कार्यलामै पनि नाराबाजी जारी राखेका छन्।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५