हिमालय एयरलाइन्सले पायो ग्राउन्ड ह्यान्डलिङको अनुमति

  • नेपाल राष्ट्रिय दैनिक
  • १६ माघ २०८०, मंगलवार ०५:००
himalaya airlines

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई आफ्नो विमानको भूमिस्थ सेवा आफैँ (सेल्फ ग्राउन्ड ह्यान्डलिङ) गर्ने अनुमति दिने भएको छ।

सर्वोच्च अदालतले परमादेश दिएसँगै हिमालयले माग गरेको ग्राउन्ड ह्यान्डलिङ पाउने भएको हो। न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्न दिन परमादेश जारी गरेको हो।

प्राधिकरणले २०७७ असोजमा हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिने निर्णय गरेको र ग्राउन्ड ह्यान्डलिङ तथा भूमिस्थ सेवा सञ्चालन निर्देशिकामा समेत हप्तामा ३५ नियमित उडान गर्ने कम्पनी आफैँले ग्राउन्ड ह्यान्डलिङ गर्न पाउने व्यवस्था रहंदा पनि प्राधिकरणले ठाउँ अपुग रहेको भन्दै हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्न नदिएपछि हिमालय एयरलाइन्स प्रा.लि र कम्पनीका उपाध्यक्ष विजयबहादुर श्रेष्ठले नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन विमानस्थल कार्यालयविरुद्ध मुद्दा दायर गरेका थिए।

त्रिभुवन विमानस्थलमा अहिले नेपाल वायुसेवा निगमले समग्र विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको छ। एयर इन्डियाको भने सेल्फ ग्राउन्ड ह्यान्डलिङ रहेको त्रिभुवन विमानस्थलले जनाएको छ।

ग्राउन्ड ह्यान्डलिङमा जहाजमा यात्रु चढाउन तथा ओराल्न भर्‍याङ राख्ने, यात्रुलाई टर्मिनलबाट जहाजसम्म लैजाने र ल्याउने, यात्रुका ब्यागेजको व्यवस्थापनलगायतका काम आफैँ गर्न पाइन्छ।

Share :
rabi lamichhane

रवि लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश

बुटवल — रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई रूपन्देही अदालतले १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका हुन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५