२०७८को जनगणनामा त्रुटि : बढ्यो नेपालको जनसंख्या

  • नेपाल राष्ट्रिय दैनिक
  • July 12, 2023
nepal population

२७ असार, काठमाडौं – राष्ट्रिय जनगणना २०७८ को जनगणनामा त्रुटी भएको पुष्टि भएको छ।

राष्ट्रिय जनगणना २०७८ को जनगणना गर्दा ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणना छुटेको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले बताएका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले यसअघि सार्वजनिक गरेको जनगणनाको नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना रहेको थियो । त्रुटी सच्च्याइएपछि थपिएका ७ लाख ७१ हजार ९९८ जना व्यक्तिसहित हाल नेपालको कुल जनसंख्या २ करोड ९९ लाख ३६ हजार ५७६ पुगेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले जनगणनाको प्रभावकारिता जाँच गर्न गणना जाँच सर्वेक्षण गर्ने गरेको र सो सर्वेक्षणमा २०७८ को जनगणनाको प्रारम्भिक तथ्याङ्कमा त्रुटी भएको पुष्टि भएको तथ्यांक कार्यालयका निर्देशक लामिछानेले बताएका छन्। यधपी,पालको जनसंख्याको आधिकारिक तथ्यांकहरुमा भने यसअघि सार्वजनिक भएको २ करोड ९१ लाख ६४ हजार ५७८ नै प्रयोग हुनेपनि उनले बताएका छन्।

सर्वेक्षणको नतिजा अनुसार जनगणनामा छुट्नेहरुमा बढी शहरी क्षेत्रको मानिसहरु रहेको पाइएको छ। सर्वेक्षण अनुसार छुटेका ७ लाख ७१ हजार ९९८ जनामध्ये ५ लाख ८५ हजार ७८२ शहरी क्षेत्रका मानिसहरु रहेका छन् भने ग्रामिण क्षेत्रका १ लाख ८६ हजार २१६ जना व्यक्ति जनगणनामा छुटेका थिए । क्षेत्रगत हिसाबको वर्गीकरण अनुसार जनगणनामा छुट्नेहरुमा सबैभन्दा धेरै काठमाडौंमा ४.४२ प्रतिशत र लुम्बिनी प्रदेशमा २.९९ प्रतिशत व्यक्ति जनगणनामा छुटेका थिए।

यसअघि तथ्याङ्क कार्यालय आँफैले गर्दै आएको जाँच सर्वेक्षण, यो पटक सैद्धान्तिक अवधारणा र संयुक्त राष्ट्रसंघको सुझाव अनुसार त्रिभुवन विश्वविद्यालयले गरेको थियो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५