सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।
बैठकमा चुनावी अभियानमा खटिएका केन्द्रीय सदस्यहरुले आफू भ्रमणमा रहेका जिल्लाको भौतिक अवस्थाबारे जानकारी गराइरहेका छन् । त्यसका लागि केन्द्रीय सदस्यलाई ५ मिनेट समय दिइएको कांग्रेसले जनाएको छ ।
यसअघि शुक्रबारको बैठकमा ६ प्रदेशका अध्यक्षसहित २७ जनाले आफ्नो धारणा राखेका थिए । यतिबेला काँग्रेस भित्र चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रीय सदस्यहरु विभाजित छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्