प्रस्तावित रुसी तेल प्रतिबन्धमा चीनको प्रतिक्रिया

  • नेपाल राष्ट्रिय दैनिक
  • July 27, 2022
zhao lijian.chinese fm spokesman

अमेरिकी सिनेटर मार्को रुबियोले मस्कोबाट ऊर्जा आपूर्ति गरेकोमा बेइजिङलाई दण्डित गर्ने उद्देश्यले पेश गरेको विधेयकप्रति चिनले प्रतिक्रिया जनाएको छ।

बेइजिङले मङ्गलबार अमेरिकी सिनेटर मार्को रुबियोले रुसबाट तेल वा अन्य ऊर्जा आपूर्ति खरिद गर्ने र चीनलाई पुर्‍याउने कुनै पनि निकायलाई प्रतिबन्ध लगाउने प्रस्तावको विरोध गरेको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले नियमित पत्रकार सम्मेलनमा बोल्दै , “ चिन सँधै अन्तर्राष्ट्रिय कानूनमा कुनै आधार नभएको एकपक्षीय र गैरकानूनी प्रतिबन्धको विरुद्धमा रहने बताएका छन् । चिन र रुसबिचको सामान्य आर्थिक र व्यापारिक सहयोग कुनै तेस्रो पक्ष विरुद्ध नभएको र यो कुनै पनि प्रकारको बाह्य हस्तक्षेपबाट प्रभावित नहुने पनि उनले बताएका छन्। कुनै राजनीतिक नैतिकता थाहा नभएका सिनेटर रुबियो हरेक कुरामा चिनलाई दोष दिन चाहने पनि उनले बताएका छन्।

रुसी ऊर्जा खरिद गरेर युक्रेनमा मस्कोको सैन्य अपरेशनलाई समर्थन गरेको भन्दै चीनलाई सजाए दिनको लागि रूसबाट चीनमा तेल वा तरल प्राकृतिक ग्यास बोक्ने ट्याङ्करहरूको बीमा वा दर्ता गर्ने कुनै पनि निकायलाई जरिवाना लगाउने उद्देश्यका साथ रुबियोले, रिपब्लिकन रिक स्कट र केभिन क्रेमरद्वारा सह-प्रायोजित चिन विरुद्दको सो प्रस्ताव पेश गरेको बताइएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५