अज्ञात समुहद्वारा उपत्यकाको फोहोर बोक्ने गाडी तोडफोड

  • नेपाल राष्ट्रिय दैनिक
  • August 9, 2022
bancharedada.sisdol fohor

फोहोर बोकेर गएका काठमाडौं महानगरपालिकाका गाडीहरू सिस्डोल-बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले तोडफोड गरेको छ।

पार्किङ गरेर राखिएका महानगरका १४ वटा फोहोर बोक्ने गाडी, २ वटा फोहोर ब्यवस्थापन गर्ने डोजर र एउटा स्काभेटरमा तोडफोड भएको महानगरले जनाएको छ।
स्थानीयले सोमबार सडक मर्मत गर्नुपर्ने भन्दै आन्दोलन गरेको र महानगरपालिकाले बल प्रयोग गरेर बञ्चरेडाँडामा फोहोर विसर्जन गरेको घटना लगत्तै राति ति सवारी तोडफोड गरिएको हो। घटनामा कसको संग्लाग्नता रहेको र कसले तोडफोड गरेको हो भन्ने कुरा यकिन नभएपनि प्रहरीले घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५