प्रधानमन्त्री दाहालसँग चिनियाँ उपमन्त्रीद्वारा शिष्टाचार भेट

  • नेपाल राष्ट्रिय दैनिक
  • January 27, 2024
chinese diplomat sun hayien scaled

काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहालसँग चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय सम्पर्क विभागका उपमन्त्री सुन हाइयानले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र)को निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका लागि उपमन्त्री हाइयान शुक्रबार काठमाडौं आइपुगेकी हुन् ।माल्दिभ्स र बंगलादेश हुँदै नेपाल आइपुगेकी हाइयानले नेपालमा रहँदा विभिन्न राजनीतिक दलका नेताहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५