नेपाल र चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट निर्यात खुलाउन चीन र नेपालबीच सहमति भएको छ ।
नेपाल र चीनका सरकारी अधिकारीबीच भएको छलफलमा वैशाख १८ गतेदेखि नाका खोल्ने गरि ६ बुँदे सहमति भएको बताइएको छ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार,सीमा सुरक्षाबीच ‘क्रस बोर्डर क्राइम ’लाई लिएर पर्याप्त छलफलपछि वैशाख १८ गतेदेखि नाकाबाट निकासी खोल्ने र अन्य व्यवस्थापन र अपराधन नियन्त्रणबारे पनि छलफल र मौखिक सहमति गरिएको छ।
यता, तातोपानी नाकाबाट निर्यात खुल्ने सहमति भए पनि तातोपानीमा भौतिक पूर्वाधारको पूर्ण तयारी नभएको, सीमा जोड्ने कोदारी राजमार्गको २६ किलोमिटर सडकखण्ड अझै क्षतिग्रस्त रहेको र केरुङ नाका पूर्णरुपमा खुलिरहँदा तातोपानीबाट भने निर्यात मात्रै खुल्ने मौखिक सहमति गरिएको विषयमा भने स्थानीयहरुले निराशा व्यक्त गरेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्