नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

  • नेपाल राष्ट्रिय दैनिक
  • ६ असार २०७९, सोमबार ११:५५
nepal womens cricket team vs qatar 2021 1200x675 1

मलेसियामा जारी एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गतको तेश्रो खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै नेपालले जित हाँसिल गरेको छ।

किनरारा एकेडेमी ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रनमा समेटिएको थियो। १५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले ३ दशमलव ४ ओभरमा २ विकेट गुमाउँदै जित हाँसिल गरेको थियो।
समूह चरणको पहिलो खेलमा भुटानलाई ५० रनले हराएको नेपालले दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो।

यो जितसँगै समूह बी मा ३ खेलबाट ६ अंक जोड्दै नेपाल प्रतियोगिताको शीर्षस्थानमा उक्लिँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५