कक्षा १२ को परीक्षाफल प्रकाशित

  • नेपाल राष्ट्रिय दैनिक
  • September 2, 2022
rastriya parikshya board

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ ।

ग्रेडिङ पद्धति २०७८ अनुसार गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरिएको कक्षा १२ को परीक्षाको परीक्षाफल सार्वजनिक गरेको बोर्डले जनाएको छ ।

बोर्डले पहिलोपटक, प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा (एनजी)नन ग्रेडिङ उल्लेख गर्ने व्यवस्था लागू गरेको छ भने प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ।

यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् भने ४ जिपीए ल्याउने संख्या शून्य रहेको छ ।

एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन नपाउने र दुई विषयमा मात्रै एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन सकिने पनि बोर्डले जनाएको छ।

देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा सञ्चालन भएको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी रहेका थिए ।

परीक्षाफल हेर्ने तरिका

१. राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको website: www.neb.gov.np वा www.neb.ntc.net.np मा नतिजा हेर्न सकिनेछ।

SMS मार्फत नेपाल टेलिकमको १६०० मा SMS गर्ने गरेर नतिजा हेर्न सकिनेछ:

NEB Symbol No. टाइप गरी १६०० मा SMS गर्ने ।

IVR सेवा मार्फत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ ।

ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते

परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चानलन गर्ने जनाएको छ । 

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५