ताइवानलाई हतियार बिक्री बन्द गर्न बाइडेनलाई चीनको चेतावनी

  • नेपाल राष्ट्रिय दैनिक
  • August 30, 2022
liu pengyu chinese ambassador to us

अमेरिकास्थित चिनियाँ दूतावासले, वाशिंगटनले ताइपेईलाई हतियार बिक्री बन्द गर्नुपर्ने बताएको छ।

वाशिङटनमा रहेको चिनियाँ दूतावासका प्रवक्ता लिउ पेन्ग्युले, यदि वाशिंगटनले ताइवानसँग सैन्य सहयोग जारी राखेमा चीनले “निर्णायक र दृढ उपाय” मार्फत जवाफ दिने बताएका छन् ।

बाइडेन प्रशासनले ताइवानमा करीब १.१ बिलियन डलरको हतियार बिक्रीलाई अनुमोदन गर्न सांसदहरूलाई सोध्ने योजना बनाएको रिपोर्ट गरे लगत्तै अमेरिकास्थित चीनिया दुतावासले यस्तो प्रतिक्रिया दिएको हो।

ताइवानलाई अमेरिकी हतियार बिक्रीले ‘एक चीन’ नीति र अमेरिका र चीनबीच भएका अन्य कूटनीतिक सम्झौताहरूको “उल्लंघन” गर्ने र त्यस्ता सम्झौताहरूले पृथकतावादीहरूलाई उत्तेजित पार्ने र ताइवान स्ट्रेटमा तनाव बढाउने चीनले बताएको छ।

अमेरिकी पक्षले ताइवानलाई हतियार बिक्री र सैन्य सम्पर्क तुरुन्तै रोक्नु पर्ने र ताइवान स्ट्रेटमा तनाव निम्त्याउने कारकहरू सिर्जना गर्न बन्द गर्नुपर्ने भन्दै ताइवान स्वतन्त्रतालाई समर्थन नगर्ने अमेरिकी सरकारको स्टेटमेन्टलाई पालना गर्नुपर्ने चीनले जनाएको छ।

अमेरिकाको हतियार बिक्रि र सैन्य सहयोगप्रति इङ्गित गर्दै , चीनले आफ्नो सार्वभौमसत्ता र सुरक्षा हितको रक्षा गर्न “निर्णायक र दृढ” कदम चाल्ने बताएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५