धर्म प्रचारको आरोपमा धरानबाट १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ

  • नेपाल राष्ट्रिय दैनिक
  • February 7, 2025
adhyagaman bibhag immigration

काठमाडौँ — धर्म प्रचारको आरोपमा १७ जना अमेरिकी र १ जना भारतीय नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

सुनसरीको धरान उपमहानगरपालिका-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले अध्यागमन विभागको जिम्मा लगाएको छ ।

सुनसरी प्रशासनका अनुसार अमेरिकी नागरिकहरू र्‍यान म्याथ्यु कार्टर, साइलस ड्यानियल फक्स, रसेल टमस होवेल्स, रोज ब्रायन होवेल्स, मार्क अलान समर्स म्याथ्यु ब्रायन केनेडी, प्याट्रिक इरभिन समर्स, डुआन माइकल गोडलिङ, बेन्यामिन वार्ड कौफ म्यान, ब्रायन वार्ड कौफ म्यान, डिलन ज्याक्सन बोन्जो, क्याथलिन सु मूर, डासन एन्ड्रु कार्टर, जेम्स नाथन अस्टिन, विलियम रेमन्ड भिभियानो जुनियर, केनेथ डेभिड ग्रे र जेम्स रे मर्फी थर्ड पक्राउ परेका हुन् । त्यस्तै भारतको पश्चिम बंगाल राज्यका नागरिक वसन्त लामा पनि पक्राउ परेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर अनुसन्धानका लागि उनीहरूको राहदानी अध्यागमन विभागमा पठाइएको छ । प्रहरीका अनुसार गत माघ २२ मा भवन निर्माणका लागि धरान पुगेको थाहा पाएपछि उनीहरूमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । एक अधिकारीले भने, ‘निजहरूको राहदानी चेक गर्दा पर्यटक भिसामा नेपाल आएको तर भिसाको अवज्ञा गरी चर्चको भवन बनाउन श्रमदान गरेको पाइएकाले निजहरूका नाममा जारी भएको राहदानी नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।’

पक्राउ परेका अमेरिकी नागरिक १५ दिने भिसा लिएर मात्र नेपाल प्रवेश गरेको अनुसन्धानमा संलग्न अधिकारीले बताए । अध्यागमन स्रोतका अनुसार उनीहरूलाई कसुरको मात्रा हेरी के कारबाही गर्ने भन्ने विषयमा अनुसन्धान भइरहेको छ । अध्यागमन ऐन-२०४९ मा उनीहरूलाई निश्चित अवधिका लागि नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्न सकिने व्यवस्था छ ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५