आज दिउँसो १ बजे संघिय संसद भवनमा प्रतिनिधिसभाको बैठक बस्ने भएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकसम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस गर्ने संसद सचिवालयले जनाएको छ।
त्यसैगरी, गृहमन्त्री बालकृष्ण खांडले राज्य व्यवस्था तथा सुशासनसमितिको प्रतिवेदन सहितको कारागार विधेयक, २०७६ छलफलका लागि प्रस्तुत गर्ने र कारागार विधेयक २०७८ पारित गरियोस भनि प्रस्ताव गर्ने आजको संसदको कार्यसूचीमा समावेश गरिएको छ।
आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधन विचार गरियोस भनि प्रस्ताव पेस हुने संसद सचिवालयले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस्