नेपाल–भारत सीमाको दक्षिणी सिमानामा हेल्प डेस्क

  • नेपाल राष्ट्रिय दैनिक
  • September 28, 2022
nepal india border

नेपाल–भारत सिमानामा हुँदै आएको लुटपाट र अपराधिक गतिबिधि नियन्त्रण गर्न नेपाल भारत सिमानाको दक्षिणी सीमा क्षेत्रमा यात्रु सहायता कक्ष (हेल्प डेस्क) सञ्चालन गर्न दुवै देशबीच सहमति भएको छ ।

नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) र भारतीय सशस्त्र बल (एसएसबी) ले सीमा क्षेत्रमा आवश्यकता अनुसार अन्तर्राष्ट्रिय प्रवेश बिन्दुमा आ-आफ्नो प्रतिनिधि सहित हेल्प डेस्क सञ्चालन गर्ने सहमति भएको हो।

यसअघि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र भारतीय सशस्त्र बलका प्रमुख सुजोयलाल थाउसेन र दुवै देशका गृह तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिबीच भएको भेटवार्तामा अन्तर्राष्ट्रिय सीमा नाकामा हेल्प डेस्क सञ्चालन गर्ने र सुरक्षाको आवश्यक व्यवस्था मिलाइने सहमति भएको थियो ।

दशैं, तिहार र आगामी निर्वाचनलाई ध्यानमा राखी सीमा सुरक्षालाई व्यवस्थित र सुरक्षित बनाउन दुवै देशका सीमा सुरक्षा निकायले हेल्प डेस्क सञ्चालनमा सहकार्य गर्नेछन् । दुवै देशका अधिकारीबीच भएको भेटमा अन्तर्राष्ट्रिय सीमा नाकामा ट्राफिक व्यवस्थापन, सीमापार अपराध नियन्त्रण, आतंकवाद नियन्त्रण, दशगजामा संयुक्त सुरक्षा गस्ती, तेस्रो मुलुकका नागरिकको अवैध घुसपैठ नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो । ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५