आज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परिक्षण उडान सञ्चालान गरिने

  • नेपाल राष्ट्रिय दैनिक
  • April 28, 2022
gautam buddha international airport blueprint

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो परिक्षण उडान सञ्चालान गरिने भएको छ। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले परिक्षण उडान गर्ने बताइएको छ।

परिक्षण उडानको लागि आज दिउँसो ३ बजे काठमाडाैंबाट नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले उडान भर्ने र ३ः४५ मा गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ।
उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहित अन्य २६० जना रहनेछन् भने निगमको सोहि जहाज साँझ ५:४५ मा काठमाडौँ फर्किने जनाइएको छ। यसअघि विमानस्थलमा थाइल्याण्डको यरो थाई कम्पनीले १० दिनको यान्त्रिक परिक्षण उडान गरेको थियो।

जजिरा एयरलाइन्सले जेठ २ गतेदेखि विमानस्थलमा साताको ३ वटा उडान भर्नेगरि सहमति लिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५