काठमाडौं : नेकपा एमालेले नेता भीम रावललाई पार्टीको सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ। बुधबार बसेको एमालेको सचिवालय बैठकले संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ।
‘पछिल्लो महाधिवेशनमा उहाँ अध्यक्षको उम्मेदवार बन्नुभयो। उपाध्यक्ष बन्न आग्रह गर्दा पनि मान्नुभएन। केन्द्रीय सदस्य पनि बन्नु भएन। सल्लाहकार दिए पनि जिम्मेवारी निर्वाह गर्नुभएन। त्यसैले उहाँलाई संगठित सदस्यबाट मुक्त गर्ने निर्णय पार्टीले गरेको हो,’ उपमहासचिव ज्ञवालीले भने।
यता, नेता रावलले आफूमाथिको कारवाही ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही मनस्थितिको उपज भएको बताएका छन्।
त्यसैगरी, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि जिम्मेवारी बाट अलग गरेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्