अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गर्न सुहाउँदैन

  • नेपाल राष्ट्रिय दैनिक
  • १८ माघ २०८१, शुक्रबार १५:०७
yogesh bhattarai QkJAkw8zzN

काठमाडौँ – संघिय संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गर्न नसुहाउने बताएका छन्।

२०७८ सालमा अध्यादेश ल्याएर नेकपा एमाले पार्टी फुटाउनेहरु र त्यहि अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गर्न नसुहाउने बताएका छन्। आफु सरकारमा छंदा अध्यादेशको बाढी ल्याएको सम्झन आग्रह गर्दै अध्यादेश प्रक्रियामा होइन यसको विषयमा चित्त बुझेन भने प्रतिस्थापन प्रस्ताव लिएर आउन माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह समेत गरेका छन्।

संसद नभएको बेला नागरिकको काम नारोकियोस भनेर र संसदलाई प्रक्रियाको बन्दि बनाएर दैनिक कार्यमा हुने गरेको अवरोध हटाउन अध्यादेश लिएर आएकोले अध्यादेशको होइन यसको कन्टेन्टमा छलफल गरौँ भन्दै उनले भने,”यदि कसैलाई अध्यादेशको विरोध गर्ने अधिकार छ भने त्यो केवल माननीय प्रेम सुवाल र योगेन्द्र मण्डललाई छ। तर अरु सबैले कुनै न कुनै बेला अध्यादेशको समर्थन गर्दै अध्यादेशमा हस्ताक्षर समेत गरेकोले अरु कसैले अध्यादेशको विरोध गर्न नमिल्ने र नसुहाउने समेत बताएका छन्।

Share :
Bishnu Pradas Paudel

प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ: उपप्रधान एवं अर्थमन्त्री

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले, पुष्पकमल दाहाल प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्। सरकारलाई विचौलिया र भूमाफिया भनेको भन्दै, सायद प्रचण्ड आफुले शासन गर्दा जे- जसो गर्नुभयो जसको प्राभावमा शासन गर्नुभयो त्यसैलाई सम्झिएर र आधारित भएर बोल्नुभएको हो कि भन्ने लागेको पनि पौडेलले बताएका छन्। आरोप लगाउनेले[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५